images
images
  • सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु

    सिरहा- सिरहाको गोलबजार नगरपालिका-६ मा दुई समूहबीच भएको छुरा हानाहानमा परि एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

    छुरा प्रहारबाट घाइते भएका गोलबजार नपा ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसिटी अस्पताल पुर्‍याए पनि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीले दुई समूहबीच झडप भएको र घाइते भएको जनाए पनि घटनाबारे अझै विस्तृत विवरण आइनसकेको जनाएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images