images
images
  • एउटै ढुंगामा ८० फिटको वुद्धको मूर्ति, लागत पाँच करोड

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका(७ भोटेनाम्लाङ्गमा एउटै ढुंगामा ८० फिट उचाईँको बुद्वको मूर्ति निर्माण गरिने भएको छ ।

    पाँचपोखरी गाउँपालिका, बागमती प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभागको ५ करोड लागतमा मूर्ति स्थापना गरिन लागिएको हो । एउटै प्राकृतिक ढुंगामा कलाकारले बुद्धको आकृतिको मूर्ति निर्माण गर्ने छन् ।

    ठूलो ढुंगासहित पालिकाभित्र रहेको पाचँपोखरी, हबेली, ड्रागन गुफा, नागिथाम डाँडा लगायत पर्यटकीय स्थलको प्रचारप्रसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन बुद्ध मूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।

    मूर्ति दुई वर्षसम्म निर्माण गरिनेछ । ढुंगामा मूर्ति कोर्न मात्रै २ करोड लाग्ने आँकलन गरिएको लामाले बताए । ८० फिटको मूर्ति वरपर कन्फरेन्स हल, रेष्टुरेन्ट, गुफा, मेडिटेसन गर्ने स्थान तथा सानासाना मूर्ति रहनेछन् ।

    मूर्तिको शनिबार एमाले नेता शेरबहादुर तामाङले शिलान्यास गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images