images
images
  • प्रहरीले नष्ट गर्‍यो पाँच हजार गाँजाका बोट

    सप्तरी- सप्तरीमा प्रहरीले अबैध गाँजा फडानी गर्ने अभियान सुरु गरेको एक महिनाको अवधिमा ५ हजारभन्दा बढी गाजाको बोट फडानी गरेर नष्ट गरेको छ।मंसिर १ गते सुरु भएको अभियान २९ गतेसम्म चलेको हो ।

    अवैध गाँजा फडानी अभियान तीव्र पारेपछि एक महिनामा धेरै संख्यामा गाजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्ले जानकारी दिएका छन् ।

    जिल्ला प्रहरीको मातहतका ईलाका प्रहरी कार्यालयबाट खटिएका टोलीले ५ हजार ३४ बोट गाँजा फडानी गरी नष्ट गरेको काफ्लेको भनाइ छ ।
    लागूऔषध प्रयोगकर्ता बढ्दै गएको भनि जनगुनासो बढदै गएपछि गाँजाको बोट नष्ट गर्ने अभियान संचालन गरिएको हो ।

    सप्तरीमा व्यवसायिक रुपमा गाँजा खेती नगरिए पनि लुकिछिपी करेसा बारीमा ठूलो संख्यामा गाँजाको बोट लगाएको भेटिएको प्रवक्ता काफ्लेको भनाइ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images