न्युजिल्याण्डमा बिहीबार हजारौं मानिसले कोरोना खोप अनिवार्य गर्ने र लकडाउनको निर्णयविरुद्ध प्रदर्शन गरेका छन् । न्युजिल्याण्डमा ९० प्रतिशत मानिसले कोरोनाको पूरा डोज खोप लिएसँगै मानिसहरुले सरकारले लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शन गरेका हुन् ।
न्युजिल्याण्डले गरेको लकडाउन तथा चुस्त खोप अभियानको कारण अहिले यहाँ कोरोना संक्रमण तथा त्यसबाट मृत्यु हुनेको संख्या निकै कम छ । तर, यसले मानिसहरुको स्वतन्त्रता खोसिएका भन्दै मानिसहरुले सरकारको आलोचना गर्दै आएका छन् ।
न्युजिल्याण्डले शिक्षक, स्वास्थ्य र अपांगता भएको क्षेत्रका कर्मचारी, प्रहरी र अन्य सार्वजनिक सेवा क्षेत्रमा काम गर्ने मानिसलाई कोरोना खोप अनिवार्य गरिएको छ। बिहीबार प्रदर्शनमा सहभागीहरुले मास्कको प्रयोग गरेका थिएनन् । उनीहरुले संसद् भवनअघि प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागीहरुले डरको अघि स्वतन्त्रताजस्ता प्ले कार्ड प्रदर्शन गरेका थिए। उनीहरुले लकडाउनले धेरै मानिसको जीवन बर्बाद पारेको भन्दै नारा लगाएका थिए ।


विश्व खबर 


















