images
images
  • दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसालाई कोरोना संक्रमण

    केप टाउन । दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामाफोसालाई कोरोना संक्रमण भएको छ । आइतबार परीक्षणपछिको रिपोर्टमा कोभिड पोजेटिभ दिएको राष्ट्रपतिको कार्यलयले जनाएको छ ।

    राष्ट्रपतिलाई सामान्य लक्षण देखिएको जनाइएको छ । उनी आईतबार राजधानी केपटाउनस्थित एउटा कार्यक्रममा सहभागी भएका थिए ।

    दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमणदर पनि तीव्र दरमा बढेको छ । तर, राष्ट्रपतिलाई ओमिक्रोन देखिए-नदेखिएको भन्ने बारेमा केही प्रष्ट पारिएको छैन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images