images
images
  • माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटी चयन

    दाङ- नेकपा(माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले २ सय २७ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गरेको छ ।

    प्रदेश राजधानी भालुवाङमा शनिवार र आइतवार भएको प्रदेश सम्मेलनबाट २२७ सदस्यीय समिति निर्विरोध भएको हो ।

    प्रदेश कमिटी चयन गरेपनि सम्मेलनबाट पदाधिकारी भने चयन भएको छैन । माओवादी केन्द्रका एक केन्द्रीयले प्रदेश समितिको आजको बैठकले नै पदाधिकारी टुंगो लगाउने बताए । ‘पदाधिकारी टुंगो लगाउन आज बैठक बस्दैछ’ उनले भने, ‘सम्भवतः निर्विरोध पदाधिकारी टुंग्याउने प्रयास भइरहेको छ ।’

    कुल २५३ प्रदेश समितिमा बाँकी रहेका सदस्यहरू प्रदेश कमिटीले मनोनयन गर्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images