images
images
  • जुन्ता शासनविरोधी ‘मौन हडताल’ले म्यानमारका शहर र सडक खाली

    याङ्गून । म्यानमारको सेनाले यसै बर्षको फेब्रुअरीमा निर्वाचित सरकारलाई सत्ताबाट हटाएको अप्रजातान्त्रिक कदमको विरोध गरिरहेको ‘नेशनल लिग फर डेमोक्रेसी’ सहितका विपक्षी दलहरूको ठूलो समूहले शुक्रबार ‘मौन हडताल’ गरेको छ ।

    हडतालका कारण देशभरका शहर र सहरका सडक खाली भएका बताइएको छ ।

    एक स्थानीय निगरानी समूहका अनुसार फेब्रुअरी विद्रोहदेखि दक्षिणपूर्वी एसियाली राष्ट्रमा गोलमाल मच्चिरहेको छ, अर्थतन्त्र टाट पल्टेको छ भने एक हजार तीन सयभन्दा बढी मानिसहरू सुरक्षा बलद्वारा मारिएका छन् ।

    हडतालका कारण म्यानमारको व्यावसायिक केन्द्र याङ्गून शहरका सडकहरू उजाड थिए, सडक विक्रेताहरू वा पसलहरू स्वतस्फुर्त बन्द भएका एएफपी संवाददाताहरूले बताएका छन् ।

    बौद्ध धर्मावलम्बीहरू अक्सर आगन्तुक तथा तीर्थयात्रीहरूले भरिनेगरेको प्रसिद्ध श्वेडागोन प्यागोडा गुम्बामा खासै चहलपहल नदेखिएको रेस्टुरेन्ट, पसल र मुख्य बजार सबै बन्द भएका दोस्रो शहर मन्डलेका बासिन्दाले एएफपीसँग नाम उल्लेख नगर्ने शर्तमा बताए ।

    बिहानैदेखि सडकमा स्थानीयले ओहोर दोहोर नगरेको बताइएको छ । स्थानीय सञ्चार माध्यमका चित्रहरूले दक्षिणपूर्वी शहर मौलामाइन र उत्तरी सागाङ इलाकाका शहरहरूमा पनि सडकहरू खाली देखाएका छन् ।

    याङ्गूनस्थित अमेरिकी दूतावासले जमघट वा विरोधप्रदर्शनविरुद्ध सुरक्षा फौजद्वारा हिंसाको बढ्दो जोखिमलाई उद्धृत गर्दै आफ्ना नागरिकहरूलाई शुक्रबार सडकमा नबस्न सल्लाह दिएको थियो ।

    स्थानीय समयअनुसार अपरान्ह् ४ बजे याङ्गून र छिमेकी सहरहरूमा हडतालको अन्त्य भएको घोषणा सामूहिक रूपमा ताली बजाएर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images