काठमाडौं- भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावत चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ। वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो ।
दुर्घटनामा ४ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन्। राउत भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्ष हुन्। हेलिकोप्टरमा १४ जना सवार रहेको बताइएको छ। उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ । उनी आफ्नी पत्नीका साथ वेलिंगटनमा हुने एक कार्यक्रममा सहभागी हुन जाँदै थिए। सो कार्यक्रममा रावतले लेक्चर दिने कार्यक्रम थियो। कुन्नुरको घना जंगलमा सेनाको हेलिकोप्टर दुर्घटना भएको हो।
घटनास्थलबाट तीन जनाको उद्धार गरेर अस्पताल लगिएको छ । केही शव जलेको अवस्था फेला परेको र अन्यको खोजी कार्य चलिरहेको छ । उद्धारका लागि वायुसेनाको टुकुडी, प्रहरी र स्थानीय खटिएका छन् । दुर्घटनामा परेका रक्षा प्रमुख रावतको अवस्था अज्ञात छ ।
तमिल नाडुको निलगिरी जिल्लाको कुन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटना भएको हो।


विश्व खबर 


















