images
images
  • भक्तपुरका कोरोना संक्रमितको लास ब्यवस्थापन गर्दै ‘आरएनए-१६’

    काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढन थालेपछि भक्तपुरकी २४ वर्षीया पुनम कर्माचार्यको ब्यस्तता हिजो-आज झन बढेको छ।

    लासहरुको गणित हरेक दिन बढ्न थालेपछि उनको ब्यस्तता पनि झन् बढेको हो। भक्तपुरमा रहेका अस्पताल तथा ‘होम–आइसोलेसन’मा रहेका कसैको मृत्यु हुनु भनेको उनको ब्यस्तता झन् बढनु हो। फोनको घण्टी बज्यो भने उनको मन भारी हुन्छ।

    उनलाई लागिरहन्छ, फोनको घण्टी नबजोस्। तर किन रोकिन्थ्यो र १ कसैले श्वास फेर्न छोड्यो भने पुनमलाई फोन गर्छन् र भन्छन्, हजुर कता हुनुहुन्छ रु लास उठाउनु पर्यो’ भनेर।

    सर्वसाधारणको जीवन र दैनिकी सकसपूर्ण बन्दै जाँदा पुनमको कार्यबोझ भने अझै बढ्दै गएको छ। कोरोना बढेसँगै देशभरि अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ। अस्पतालमा बेड छैनन्, बिरामीहरुलाई अस्पतालको चौरमा राखेर उपचार गर्नु पर्ने बाध्यता छ। आम नागरिक ज्यान जोगाउन भन्दै घरभित्र लुकेर बस्न बाध्य छन्,तर पुनम भने मृतकको शव व्यवस्थापनमा ब्यस्त छिन्।

    भक्तपुरको कुनै पनि स्थानमा कोरोनाबाट कसैको मृत्यु भएमा पुनमको टोली पुगेर शवलाई सङ्क्रमण नफैलिने गरी ‘प्याकिङ’ गर्छ र त्यो शवलाई सेनाले अन्त्यष्टिको लागि लैजान्छ।

    पुनम ‘रेस्क्यु एन्ड अवेयरनेस’ (आरएनए–१६)की अगुवा अभियन्ता हुन्। पुनमसँगै उनको टिमले अहिले शव प्याकीङ गर्ने मात्र हैन, कोरोना संक्रमण नियन्त्रणबारे चेतनापनि प्रदान गर्दै आएको छ।

    आरएनए–१६ मा ११ जना सदस्य छन्। जसमध्ये चार जना युवती छन्। त्यसमा विशेष गरेर शव व्यवस्थापनमा पुन र उनकी साथी जीना खटिन्छन्।पुनम नर्सिङ पढेकी युवती हुन्। हाल ‘मेडिकल व्यवस्थापन’ पढ्दै गरेकी उनले ख्वपः पोलिटेक्निकल इन्स्टिच्युट, च्याम्हासिंहबाट प्रवीणता प्रमाणपत्र तहमा नर्सिङ गरेकी छिन्।

    नर्सिङको काम गरेकी उनी संसार कोरोना महामारीले आक्रान्त बनेका बेला सामाजिक कार्यमा लागेकी हुन्। मूलतः नेपाली समुदायमा छोरी मान्छेलाई शव हेर्न र मलामी जान बन्देज छ। उनलाई पनि सुरुका दिनमा शव देख्दा डर लाग्थ्यो। अहिले भने कामग गर्दै जादा बानी परिसकेको अनुभव सुनाउछिन्।

    कोरोना संक्रमित शव प्याकिङु गर्ने पुनम :

    पुनम बाल्यकालदेखि नै निडर थिइन्। उनी बक्सिङ खेलाडी समेत हुन्। पुनले करिब २० वटा भन्दा बढी शवको व्यवस्थापन गरेकी छिन्।

    सामाजिक कामको सिलसिलामा पुनमले धेरै कठिनाइ भोग्नुपरेको छ। सुरुका दिनमा उनलाई परिवारले अनुमति दिएन। टोल–समाजले पनि नकारात्मक टिप्पणी गर्‍यो। ती कुरालाई कुनै वास्त नगरिकन उनी समाज सेवामा लागिरहेकी छिन्।

    कोरोना महामारीमा निडर भएर अग्रपंतिमा खटिएकी पुनम जीवनभर सामाजिक सेवामा खटिने योजनामा छिन्।

    कोरोना संक्रमितको शव व्यवस्थापनमा अग्रसर ‘पुनम र जिया’ :

    केटीहरुले मरेको मान्छेलाई हेर्न घाटमासमेत जान हुँदैन भन्ने मान्यता छ, नेवारी समुदायमा। तर, भक्तपुरका दुई युवतीहरु भने कोरोना संक्रमित भएर मृत्यु भएकाहरुको शव व्यवस्थापन काम गरिरहेका छन्।

    भक्तपुरमा कोरोनाबाट मृत्यु भएको व्यक्तिहरुको शव पिपिई लगाएर र्‍यापिङ गर्ने काम गर्छन २१ वर्षीया जिया जोशी र २४ वर्षीया पुनम कर्माचार्य। उनीहरु भक्तपुर अस्पतालमा २४ सै घन्टा सेवाका लागि बसेका हुन्छन।

    केटी भनेपछि लास देख्नेवित्तिकै डराउने, रुने, कमजोर हुन्छन् भन्ने सोचलाई बदल्ने काम गरिरहेका छन् उनीहरु। जिया र पुनम आरएनए-१६ का सदस्यहरु हुन्। अघिल्ला वर्ष पनि यसरी नै निस्वार्थ सेवामा लागेकी थिइन् पुनम।

    पुनम भन्छिन्, ‘अहिले दिनदिनै संक्रमितको मृत्यु बढेपछि हामी शव व्यवस्थापनमा लागेका हौं।’ एकजनाको शव व्यवस्थापन गर्न लगभग आधा घन्टा लाग्ने उनी सुनाउँछिन्। अहिलेको अवस्था जटिल भएकाले सबैलाई जसरी सकिन्छ सहयोग गर्नुपर्ने उनी बताउँछिन्।

    ‘उसले यो गर्‍यो, त्यो गर्‍यो भनेर कुरा काट्ने समय होइन। त्यही भएर पनि होला शव व्यवस्थापनमा लाग्दा सबैले सकारात्मक दृष्टिकोणले हेर्छन्।’, पुनम भन्छिन्।

    जिया र पुनम स्वेक्षाले समाजिक सेवामा लागिपरेको सुनाउँछन्। उनीहरु नि:स्वार्थ अनि निःशुल्क काम गरिरहेका छन्। भक्तपुरमा मात्र दिनको ७/८ संक्रमितले ज्यान गुमाउन थालेपछि शव व्यवस्थापनको काममा लाग्ने निर्णय गरेको उनीहरु सुनाउँछन्।

    कोरोनाको पहिलो लहरदेखि नै जनचेतनामूलक काममा उनीहरु संलग्न थिए। यतिमात्रै होइन्, उनीहरु संक्रमितको शव कसरी व्यवस्थापन गर्ने भनी स्वास्थ्यकर्मीलाई तालिम दिँदै आएका छन्।

    आरएनए-१६ को टिमले नै भक्तपुरमा शव व्यवस्थापनको काम गरिरहेको पुनम बताउँछिन्। ‘खासमा शव व्यवस्थापनको काम मेडिकल सम्बन्धी ज्ञान भएका स्वास्थ्यकर्मीहरुले नै गर्नुपर्ने हो। तर, अहिले स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा नै व्यस्त छन्। त्यसैले हामी लागिपरेका हौं।’, पुनम भन्छिन्।

    ‘अहिलेसम्म मैले सातजना संक्रमितको शव व्यवस्थान गरिसकेँ’, उनले भनिन्, ‘डर भन्दा पनि गर्नुपर्छ भनेर गरेका हौं। हामीले नगरे कसले गर्ने?,’ उनले भनिन।

    अहिले भक्तपुर केन्द्रित भएर काम गरिरहेका उनीहरुले कहीँ समस्या भए जहाँ पनि सेवा दिन तत्पर रहेको बताउँछन्।

    जियाले भने दुई संक्रमितको शव व्यवस्थापन गरेकी छिन्। शव व्यवस्थापन गर्न कमसेकम दुईजना लाग्ने उनी बताउँछिन्। दोस्रो लहरमा आरएनए-१६ टिमका संयोजकले ५६ जनाको शव व्यवस्थापन गरिसकेको उनी सुनाउँछिन्।

    ‘अहिले भक्तपुरको शव व्यवस्थापनको काम हामीले आर्मीहरुको समन्वयमा गरिरहेका छौं’, उनले भनिन्। उनले अहिले टिममा सक्रिय भएर ११ जना लागिपरेका बताइन्। जसमा चारजना युवती रहेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images