images
images
  • पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु

    इस्लामाबाद । पाकिस्तानको बाल्टिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको छ ।

    बाल्टिस्तानको घाँचे जिल्लाको सियाचन क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको हो । दुर्घटनामा मेजर जिशान जहानजेब र इरफान वर्चाको मृत्यु भएको इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआरले जनाएको छ ।

    दुर्घटनाबारे थप अनुसन्धान सुरु भएको छ । हेलिकप्टरलाई लडाकुले हमला गरेको हुन सक्ने अनुमानसमेत गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images