images
images
  • वर्माकी नेतृ सुकीलाई ४ वर्ष जेल सजाय

    यांगुन- वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाँय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई सोमबार चार वर्ष जेल सजाँय सुनाएको हो । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।

    उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्ल‌ंघन गरेको अभियोग लगाइएको छ । यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले अ‌ाफूमाथि लगाइएका सबै अ‌ारोप अस्वीकार गर्दै अ‌ाएकी छिन् ।

    फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले अ‌ारोप लगाउँदै अ‌ाएको छ । सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न अ‌ारोपमा मुद्दा लगाउँदै अ‌ाएको थियो । एजेन्सी

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images