काठमाडौँ । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको भारतमा पनि इन्ट्री भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले भारतको कर्नाटकराज्यमा ओमिक्रोन भेरिएन्टका दुइ संक्रमित भेटिएको पुष्टि गरेको छ ।
संक्रमितको उमेर ६६ र ४६ बर्ष रहेको मन्त्रालयले जानकारी दिएको छ । दक्षिण अफ्रीकामा देखिएको ओमिक्रोन अहिलेसम्म विश्वका २९ देशमा पुगिसकेको मिडिया रिपोर्टमा बताइएको छ ।
जसमा अमेरिका, स्पेन, इटाली, साउदी अरब, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया लगायतका देश रहेका छन् ।
ओमिक्रोन कोरोनाको खतरनाक भेरिएन्ट भएको वैज्ञानिकहरुले बताइरहेका बेला विभिन्न देशहरुले यात्रामा प्रतिबन्ध लगाउनुका साथै उच्च सतर्कता अपनाई रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















