काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल भोली सम्म प्रकाशित हुने भएको छ । बोर्ड स्रोतका अनुसार सकभर आज नभए भोली सम्म प्रकाशित हुने भएको छ । स्रोतका अनुसार अहिले ३ बजे बोर्डले बैठक बोलाएको छ । बैठकमा परीक्षाको सबै तयारीको अवस्थाबारे तयार गरीएको (डमी) देखाउने र डमी ओके भएपछि परीक्षाफल प्रकाशित गर्ने भएको छ ।
बोर्ड स्रोतका अनुसार डमीमा केही समस्या भए भोलीसम्म परीक्षाफल प्रकाशित गरिने भएको छ । सकभर आज नभए भोली परीक्षाफल प्रकाशित हुनेछ स्रोतले भन्यो ।, भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा परीक्षामा परीक्षामा ३ लाख ७५ हजार विद्यार्थी सहभागी भएका थिए । कोभिडको कारण होम सेन्टर कायम गरेकोले यस वर्षको नतिजा एप्लस र ए ल्याउने विद्यार्थीको संख्या अधिक देखिने अनुमान गरिएको छ ।
कोभिडको कारण परीक्षा दिन नपाएका परीक्षार्थीले आजबाट परीक्षा दिएका छन् ।कोभिडका कारण परीक्षा दिन छुटेका ४१ जना विद्यार्थी परीक्षामा सहभागि छन । यी विद्यार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित हुने तयारी बोर्डले गरेको छ ।


विश्व खबर 



















