images
images
  • मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

    जनकपुरधाम- धनुषामा मोटरसाइकल दुर्घटना परी एक युवकको मृत्यु भएको छ ।

    जनकपुर– ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा कमला नगरपालिका–३ लगमाका २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ज १ प ५२२५ नम्बरको मोटरसाइकलमा काठमाडौंबाट जनकपुर आउँदै गरेको अवस्थामा तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

    दुर्घटनामा परी गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images