images
images
  • अमेरिकाको मिचिगनमा स्कुलमा भएको गोलीबारीमा तीन विद्यार्थीको मृत्यु

    काठमाडौँ । अमेरिकाको मिचिगनमा एक हाइ स्कुलमा भएको गोलीबारीमा तीन विद्यार्थीको मृत्यु भएको छ । घटनामा एक शिक्षकसहित कुल ८ जना घाइते भएको बिबिसीले उल्लेख गरेको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना १६ बर्षको छात्र तथा १७ र १४ बर्षकी छात्रा रहेका छन् ।

    १५ बर्षको एक शंकास्पद युवाले ह्याण्डगनले गोलि चलाएको प्रहरीले जनाएको छ ।

    अहिलेसम्म घटना किन गराएको भन्ने बारे स्पष्ट नभएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images