images
images
  • रुसद्धारा ओमिक्रोनविरुद्धको खोप बनाउन सुरु

    मस्को । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ ।

    केन्द्रका अधिकारीहरुले कोरोना भाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन् ।

    उनीहरुले ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास चाडै नै हुने सक्ने विश्वास पनि व्यक्त गरेका छन् । ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास भएपछि ४५ दिनमै आम नागरिकलाई खोप उपलब्ध गराइने उनीहरुले बताएका छन् ।

    अन्तर्राष्ट्रिय बजारलाई समेत पुग्नेगरी खोप उत्पादन गर्न सकिने उनीहरुको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images