images
images
  • ललितपुर कांग्रेस सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी

    काठमाडौं- नेपाली कांग्रेस ललितपुर सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले अर्का प्रतिस्पर्धी रामकृष्ण चित्रकारलाई १२ मतान्तरले पराजित गरेका हुन् ।

    आइतबार भएको दोस्रो चरणको मतदानमा श्रेष्ठले ६ सय ६५ र चित्रकारले ६ सय ५३ मत पाएका छन् ।

    श्रेष्ठलाई देउवा समूहका जितजंग बस्नेत, उदयशमशेर जबरालगायतको समर्थन थियो । चित्रकारलाई वर्तमान सभापति मदन अमात्यलगायतले साथ दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images