images
images
  • पूर्वबाट आएका गाडी भरतपुर प्रवेश गर्न सकेनन्, जताततै गाडीको जाम

    चितवन- एमालेको १०औं महाधिवेशनका कारण पूर्व(पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलदेखि रत्ननगरको निपनिसम्म गाडीको जाम लागेको छ ।

    भरतपुर प्रवेश गर्न नसकेपछि केही गाडी फर्किएका छन् भने केही सहभागी हिँडेरै उद्घाटन स्थलतर्फ आइरहेका छन् । प्रशासनले महाधिवेशनको सुरक्षालाई दृष्टिगत गर्दै भरतपुरमा सवारीसाधन भित्रिन रोक लगाएपछि अहिले पूर्व(पश्चिम राजमार्गमा हजारौं सवारीसाधनको लाइन लागेको छ ।

    एमाले महाधिवेशनको असर पृथ्वी राजमार्गमा समेत परेको छ । काठमाडौंबाट नारायणगढ र पोखरा जाने यात्रु सडकमै अलपत्र परेका छन् । पश्चिममा नवलपुर र पूर्वमा हेटौंडा दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images