images
images
  • प्रहरीमा २३ सय २० जनालाई जागिरको अवसर: १ हजार ९७१ जवान र १४६ इन्स्पेक्टर माग

    काठमाडौं- नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक ((इन्स्पेक्टर)सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    प्रहरीले लोकसेवाको सहमतिमा आज गोरखापत्रमा सूचना जारी गर्दै धोबी, कुचिकार, सिलाइरबुनाइ, हजाम, भान्छे, प्रहरी जवान र प्रहरी निरीक्षकका लागि २ हजार ३२० जना माग गरेको हो । जसमा सबैभन्दा बढी प्रहरी जवानका लागि १ हजार ९७१ कोटा छ । प्रहरी जवानमा १ जार ६३ खुलातर्फ पदपूर्ति हुनेछ, भने बाँकी सिट समावेशी समूहका लागि छुट्याइएको छ ।

    यसैगरी, १४६ जना प्रहरी निरीक्षक भर्ना गरिने भएको छ । जसमा ७९ सिट खुलातर्फ र बाँकी समावेशी समूहतर्फ रहेको छ । प्रहरीमा १६३ जना भान्छे मागिएको छ । त्यस्तै, धोबी, कुचिकार, सिलाइरबुनाइ र हजाममा १०र१० सिट छुट्याइएको छ ।

    फागुन १९ गतेदेखि दरखास्त फारम बुझाउन सकिनेछ ।

    nepal police.JPG

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images