images
images
  • सवारी अनुमति पत्रको प्रयोगात्मक परीक्षा अब गाईघाटमै

    उदयपुर- गाईघाटमा पहिलो पटक सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा सुरु भएको छ। यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले बुधबार पहिलो पटक सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा लिएको हो ।

    प्रदेश १ भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्री हिमाल कार्कीले बुधवार प्रयोगात्मक परीक्षास्थलको उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले पहिलो प्रयोगात्मक परिक्षार्थीलाई सिठ्ठी फुकेर ट्रायल सेन्टरको उदघाटन गरेका थिए । उनले प्रयोगात्मक परीक्षा तथा स्थलको अनुगमन समेत गरेका छन् । सो क्रममा उनले कार्यालयबाट सेवाग्राहीलाई छिटो र सहज रुपले सेवा प्रदान गर्न निर्देशन पनि दिएका थिए । कार्यालयमा काम गर्ने कर्मचारी र श्रोतसाधनको कमी रहेको कुरालाई ध्यानमा राख्दै मन्त्री कार्कीले त्यसको तत्काल समाधान गर्ने प्रतिबद्धता जनाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images