images
images
  • बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु

    बुल्गेरियामा बस दुर्घटना र आगलागीमा परी १२ बालबालिकासहित कम्तीमा ४५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

    राजधानी सोफियादेखि दक्षिण पश्चिमको गाउँ बोस्नेकनजिकै स्थानीय समयानुसार बिहान २ बजेतिर बस दुर्घटना भएको थियो । उत्तर म्यासेडोनियामा दर्ता भएको उक्त बसले टर्कीबाट फर्किएका पर्यटकहरू बोकेको थियो ।

    सातजनालाई जलेको अवस्थामा अस्पताल लगिएको थियो । उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ । बुल्गेरियाका अधिकारीहरूले बसमा आगलागी हुनुको कारणबारे अनुसन्धान सुरु गरेको बताएका छन् । बसमा १२ बालबालिकासहित ५२ जना रहेको विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images