images
images
  • अमेरिकामा तीव्र गतिमा रहेको कार भीडमा ठोक्किँदा ५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

    काठमाडौं- अमेरिकामा तीव्र गतिमा रहेको कार भीडमा ठोक्किँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन्।

    अमेरिकी प्रहरी अधिकारीहरूका अनुसार विस्कन्सिनको वाउकेसा सहरमा गुडिरहेको कार क्रिसमस परेडलाई कुल्चिएर अगाडि बढेको हो।

    परेडमा स्कुल ब्यान्ड र नृत्य समूह थिए। कारको ठक्कर खानेमा बालबालिका पनि छन्। घटनापछि कार र चालकलाई नियन्त्रणमा लिइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images