images
images
  • कांग्रेस अधिवेशनमा सर्लाहीका निर्वाचन अधिकृत कुटिए

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबार सर्लाहीमा वडा तहको अधिवेशन हुँदैछ । गत २७ कात्तिकमा तय वडा अधिवेशन विवादका कारण स्थगित गरिएको थियो । आजका लागि तय भएको वडा अधिवेशनका क्रममा जिल्ला निर्वाचन अधिकृत नै कुटिएका छन् ।

    मलंगवास्थित पार्टी कार्यालयमा छलफलका क्रममा जिल्ला निर्वाचन अधिकृत दिवाकर पाण्डे कुटिएका हुन् । क्रियाशील सदस्यताको विषयमा बलरामा वडा अधिवेशन रोक्न माग गरेको र निर्वाचन अधिकृत पाण्डेले अस्वीकार गर्दा उनीमाथि हातपात भएको हो ।

    सर्लाहीमा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह र प्रदेश सभा सदस्य वीरेन्द्र सिंहको खेमामा कांग्रेस विभक्त छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images