images
images
  • नेपाल घोडचढी संघलाई अन्तर्राष्ट्रिय मान्यता

    काठमाडौं – नेपाल घोडचढी संघले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । अन्तर्राष्ट्रिय इक्वेस्टेरियन महासंघको बेल्जियममा बसेको विशेष साधारणसभाले नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको हो ।

    १४-१७ नोभेम्बरसम्म बेल्जियममा बसेको बैठकले नेपाललाई मान्यता दिने निर्णय भएको महासंघकी सचिव सर्बिना इबानेजले जानकारी दिएकी हुन् । नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने महासंघको निर्णयप्रति संघका अध्यक्ष रवि राजकर्णिकारले खुसी व्यक्त गरेका छन् । उनले ६ वर्षको अनवरत प्रयास सफल भएकोमा सबैलाई धन्यवाद ज्ञापन गरे ।

    नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने सम्बन्धमा गत महिना विदेशी पदाधिकारीले नेपालको भ्रमण गरेका थिए । उनीहरूले नेपाल बसाइका क्रममा यस खेलको सम्भावना र विकासको पक्षबारे जानकारी लिएका थिए ।

    उनीहरूले यतिबेला युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, रक्षामन्त्री मिनेन्द्र रिजाल, राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल आर्मीको क्याभिलरी विभागका पदाधिकारी, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसँग भेटघाट पनि गरेका थिए ।

    ghodachadi.png

    प्रतिक्रिया दिनुहोस्
    images
    images