बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन–अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई पारस्परिक रुपमा लाभदायक रहेको भन्दै दुई देशबीचको आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिकरण गर्न नहुने बताएका छन् ।
राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भर्चुअल बैठकमा दुई पक्षले सहयोगको लागि फराकिलो हुनु पर्ने बताए । अमेरिकी व्यापारिक समुदायको चीन भ्रमणलाई अझ सहज बनाउने चाहानालाई चीनले गम्भीरताका साथ लिएको उनकाे भनाइ छ ।
उनले चीन र संयुक्त राज्य अमेरिका बीचको आर्थिक र व्यापारिक आदानप्रदानलाई थप प्रवर्द्धन गर्ने र दुई देशको अर्थतन्त्रको पुनरुत्थानमा द्रुतमार्गको व्यवस्था गर्न सहमत भएको बताए । संयुक्त राज्य अमेरिकाले चिनियाँ व्यवसायहरूलाई दबाउन राष्ट्रिय सुरक्षाको अवधारणालाई दुरुपयोग गर्न वा बढावा दिने काम भने बन्द गर्नुपर्ने उनले धारण छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















