images
images
  • म्यान्मारमा ११ बर्षको जेल सजाय सुनाइएका अमेरिकी पत्रकार रिहा

    काठमाडौँ । म्यान्मारमा ११ बर्षको जेल सजाय सुनाइएका अमेरिकी पत्रकार डेनी फेनस्टरलाई जेलबाट रिहा गरिएको छ । सेना प्रमुख जुन्ताका प्रवक्ता मेजर जनरल जा मिन तुनले बिबिसीसँग कुरा गर्दै ३७ बर्षिय पत्रकार फेनस्टरलाई म्यान्मार छोड्ने अनुमति दिइएको जानकारी दिएका हुन् ।

    म्यान्मारको एक सैनिक अदालतले अमेरिकी पत्रकार फेनस्टरलाई तीन दिन अघि मात्र ११ बर्षको जेल सजाय सुनाएको थियो । उनलाई इमिग्रेसन कानुनको उलंघन र म्यान्मारको सेनाविरुद्ध असन्तोषलाई प्रोत्साहित गरेको आरोप लगाइएको थियो ।

    उनलाई देशद्रोह र आतंकवादका दुई अतिरिक्त अभियोग समेत लगाइएको थियो । यी आरोपको फैसला अझै आउन बाँकि रहेको बेला उनलाई रिहा गरिएको छ । फेनस्टर म्यान्मारको अनलाइन न्यूज पोर्टल फ्रन्टियर म्यान्मारका प्रबन्ध सम्पादक थिए । उनलाई गत फेब्रुअरीमा यांगुन अन्तर्राष्ट्रिय विमानस्थलमा हिरासतमा लिइएको थियो ।

    फ्रन्टियरले फेनस्टर यस अघि प्रतिबन्धित स्वतन्त्र समाचार साइट म्यान्मार नाउमा काम गर्दाको आरोप अहिले लगाइएको बताएको छ । फेनस्टरको अचानक रिहाईको विषय स्पष्ट भएको छैन । यद्यपी म्यान्मारका लागि पुर्व अमेरिकी राजदुत बिल रिचर्डसन अहिले म्यान्मारमै रहेकाले पत्रकार फेनस्टरको रिहाइका लागि उनले मध्यस्थता गरेको हुनसक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images