images
images
  • सी जीङपीङलाई थप बलियो बनाउने ऐतिहासिक दस्तावेज पारित

    काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको छैठौ महाअधिवेशनले ऐतिहासिक राजनीतिक प्रस्ताव पारित गरेको छ । नोभेम्बर ८ देखि ११ सम्म भएको महाअधिवेशनले सर्बसम्मत रुपमा राष्ट्रपति सि जीङपीङको राजनीतिक प्रस्ताव पार्टी गरेको हो । राष्ट्रपति सि को यस दस्तावेजमा चिनियाँ कम्युनिष्ट पार्टीको पछिल्लो १०० बर्षको इतिहासको सारांशका साथै प्रमुख उपलब्धि र भविष्यका योजनाका बारेमा चर्चा गरिएको चिनियाँ मिडियाहरुले उल्लेख गरेका छन् ।

    चीनमा कम्युनिष्ट पार्टीको स्थापना पछि यस किसिमको प्रस्ताव पारित गरिएको तेस्रो पटक भएको बताइएको छ । यस अघि पहिलो प्रस्ताव १९४५ मा माओत्से तुंगको र दोस्रो प्रस्तावव १९८१ मा देंग शियाओपिंगको प्रस्ताव पारित गरिएको थियो ।

    यस दस्तावेज पार्टी सँगै राष्ट्रपति सि लाई माओत्से तुंग र देंगको हाराहारीको नेताको रुपमा उभ्याइएको विश्लेषण गरिएको छ । यस दस्तावेज पारितसँगै चीनमा देंगले शुरु गरेको विकेन्द्रिकरणको प्रयास र योजनालाई फिर्ता गर्दै समग्र राजनीति एक व्यक्तिको वरिपरी राख्ने प्रयास भएको विश्लेषण पनि भएको छ ।

    २०१८ मा राष्ट्रपति पदमा दुई कार्यकाल भन्दा बढी हुन नपाइने नियमलाई हटाएर राष्ट्रपति सी लाई आजीवन राष्ट्रपति बनाउने गरि नियम संशोधन गरिएको थियो ।
    अब सी को दोस्रो कार्यकाल आउदो बर्ष सकिदै छ र पार्टीको राष्ट्रिय काँग्रेसमा उनले आफ्नो तेस्रो कार्यकाल शुरु गर्ने छन् ।

    यो दस्तावेज सी को आफुलाई सत्ताको केन्द्रमा राखिराख्ने अर्को कडी भएको विश्लेषकहरुले टिप्पणी गरेका छन् । सिंगापुरको नेशनल युनिभर्सिटीका डा. चोंग जा इयानले पछिल्ला घटनाक्रमले सी लाई अन्य नेता भन्दा बलियो र फरक बनाएको टिप्पणी गरेका छन् । उनी यसअघिका नेताहरु हु जिन्ताओ र जियांग जेमिनसँग सी को जति अधिकार कहिल्यै नभएको बताउछन् ।

    अहिले राष्ट्रपति सी को यो प्रस्ताव विश्वमा चीनको महाशक्तिको रुपमा उदय भएपछि आएको छ । केहि दशक पहिला यो विषय कल्पनाको समेत कुरा थिएन । धेरै अर्थमा राष्ट्रपति सी को नेतृत्वमा चीनले आफ्ना उपलब्धिलाई नयाँ उचाइमा पुर्याएको छ । तर पनि चिनियाँ राजनीति पारदर्शी नभएकाले सजिलै अनुमान र विश्लेषण गर्न नसकिने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images