अबुजा- नाइजेरियाको उत्तरी राज्य बोर्नोमा सेनाले गरेको आक्रमणमा परी कम्तीमा चार बोको हराम लडाकूको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको सेनाका प्रवक्ताले बताएका छन् ।
बोर्नो राज्यको पुलका सहरको क्रसिङ पोइन्टमा विद्रोहीहरूको गतिविधि देखेपछि सेनाले बुधबार आक्रमण गरेको बताइएको छ । सेना र लडाकुहरू बीच भीषण मुठभेड भएको थियो ।
कारबाहीका क्रममा सेनाले ठूलो मात्रामा हातहतियारसमेत बरामद गरेको छ । उक्त घटनामा अन्य थुप्रै घाइते भएको पनि जनाइएको छ । बोको हरामले सन् २००९ देखि उत्तरपूर्वी नाइजेरियामा इस्लामिक राज्य स्थापना गर्ने प्रयास गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















