images
images
  • मस्कले बेचे टेस्लाको १ अर्ब डलरको सेयर

    विद्युतीय कार निर्माता कम्पनी टेस्लाका कार्यकारी प्रमुख एलन मस्कले आफ्नो कम्पनीको १ अर्ब १ करोड डलर मूल्य बराबरको सेयर बिक्री गरेका छन् । ट्विटरमा गरिएको एउटा मत सर्वेक्षणमा मस्कका फलोअर्सले १० प्रतिशत सेयर बिक्री गरेर मस्कलाई कर तिर्न अनुरोध गरेका थिए ।

    सर्वेक्षणका बहुसंख्यक मतदाताहरुले सेयर बिक्री गर्न अनुरोध गरेपछि टेस्लाको सेयर मूल्यमा गिरावट आइरहेका बेला उनले सेयर बिक्री गरेका हुन् । मस्कले अहिलेसम्म कम्पनीको ९ लाख ३० हजार सेयर बिक्री गरेका छन् ।

    मंगलबार ४ दशमलब ९ प्रतिशले गिरावट आएको टेस्लाको सेयर मूल्य बुधबार करिव १० प्रतिशतमा झरेको थियो । यो ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमा दुई दिनमा भएको सबैभन्दा ठूलो गिरावट थियो । सेयर मूल्यमा आएको गिरावटसँगै टेस्ला इन्कलाई एक सातामा ५० अर्ब डलर नोक्सान भएको छ ।

    टेस्साले पछिल्लो १४ महिनाको अवधिमा यति ठूलो परिणाममा नोक्सान भएको हो । बुधवार भने शेअर मूल्यमा केही सुधार भएको थियो । टेस्ला संसारकै सबैभन्दा समृद्ध कार कम्पनी हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images