images
images
  • एमाले सचिवले मागे महाधिवेशनका लागि १०० रुपैयाँ

    काठमाडौं- नेकपा एमालेले आफ्नो दशौँ महाधिवेशनका लागि खर्च पार्टी सदस्यबाट उठाउने भएको छ । हरेक पार्टी सदस्यबाट १०० रुपैयाँका दरले खर्च उठाउने एमालेले निर्णय गरेको हो ।

    यसका लागि नेकपा एमालेको राष्ट्रिय बाणिज्य बैंक टेकु शाखामा रहेको चल्ती खाता नम्बर १७–००१००००११५९००१ मा उक्त रकम जम्मा गर्न भनिएको छ ।

    प्रचार संयोजक तथा एमाले सचिव योगेश भट्टराईले सामाजिक संजालमार्फत भनेका छन्, ुतपाईं संगठित सदस्यहरूले रु १०० मात्र हालिदिनुभयो भने मंसिरमा हुने महाधिवेशन खर्च पुग्छ । सबै सदस्यहरूले खातामा जम्मा गर्दा सात करोडभन्दा बढी उठ्छ, हामी आफ्नै खर्चमा सम्मेलन सक्छौँ, चन्दा माग्नुपर्दैन ।ु

    प्रतिक्रिया दिनुहोस्
    images
    images