काठमाडौँ । बंगलादेशका पुर्व प्रधानन्यायाधीश एसके सिन्हालाई ११ बर्षको जेल सजाय भएको छ । अदालतले पुर्वप्रधानन्यायाधीश सिन्हालाई ऋण लिएको र मनी लान्ड्रीङ प्रकरणमा दोषी मान्दै ११ बर्षको जेल सजाय सुनाएको हो ।
ढाकास्थित विशेष अदालतका न्यायाधीश शेख नजमुल आलमले पुर्वप्रधानन्यायाधीश सिन्हालाई ऋण लिएर नतिरेको आरोपमा चार बर्ष र मनी लान्ड्रीङमा सात बर्षको सजाय दिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
उनले तत्कालिन किसान बैंकबाट चार करोडको ऋण लिएको आरोपमा सिन्हासहित आठ जनालाई अलग अलग सजाय सुनाइएको बताइएको छ ।
सिन्हालाई गत बर्ष ढाकाकै एक अदालतले गिरफ्तारीको वारेन्ट जारी गरेको थियो । उनले २०१६ मा सरकारसँग मतभेद भएपछि देश छोडेर गएपछि पदबाट राजीनामा दिएका थिए । शुरुमा सिन्हा अमेरिका र त्यसपछि क्यानाडा गएका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















