images
images
  • इराकका प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमण, प्रधानमन्त्री कदीमी सुरक्षित

    काठमाडौँ । इराकका प्रधानमन्त्री मुस्तफा अल कदीमीको हत्याको प्रयास भएको छ । आइतबार बिहान प्रधानमन्त्री कदीमीको निवासमा ड्रोन आक्रमण गरिएको थियो ।

    घटनामा प्रधानमन्त्री कदीमी सुरक्षित रहेको रोयटर्सले उल्लेख गरेको छ । इराकी सेनाले एक विज्ञप्ति जारी गर्दै इराकको राजधानी बग्दादको ग्रीन जोनमा प्रधानमन्त्री कदीमीको निवासलाई ड्रोन आक्रमणले निशाना बनाइएको थियो ।

    प्रधानमन्त्री निवासमा एक विस्फोट समेत भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    प्रधानमन्त्री कदीमीले सामाजिक सञ्जालबाट आफु सुरक्षित रहेको जानकारी दिएका छन् । उनले आफु ठिक भएको र शान्ति बनुन अपिल गरेका छन् ।

    यस घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । बग्दादस्थित ग्रीन जोनमा पछिल्ला दिनमा इरान समर्थित हतियारसहितका संगठनले प्रदर्शन गरिरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images