images
images
  • बुर्किना फासोमा बन्दुकधारीले गरेको आक्रमणमा १० सर्वसाधारणको मृत्यु

    उगादुगुउ- बुर्किना फासोको डम्बम गाउँमा सोमबार बन्दुकधारीहरूले कम्तीमा १० सर्वसाधारणको हत्या गर्नुका साथै अन्य चार जनालाई अपहरण गरेको आधिकारिक समाचार एजेन्सी एआईबीले मंगलबार जनाएको छ ।

    एआईबीले जनायअनुसार अज्ञात बन्दुकधारीहरूले सोमबार बिहान नाइजरसँगको सिमानाबाट करिब १६ किलोमिटर टाढा डाम्बम मार्कोये कम्युनको बासिन्दालाइ आक्रमणको निशाना बनाएका थिए ।

    एआईबीले बुर्किना फासोको सशस्त्र सेनाले यस क्षेत्रमा द्रुत कारबाही शुरु गरेको बताइएको छ । डम्बमका बासिन्दाहरू प्रत्येक सोमबार पैदल, ट्राइसाइकल वा गाडामा गाईवस्तु बेच्न मार्कोये बजार जाने गर्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images