images
images
  • भारतद्वारा विभिन्न देशका लागि नयाँ राजदूत नियुक्त

    नयाँ दिल्ली । भारतले विभिन्न देशका लागि नयाँ राजदूतहरू नियुक्त गरेको छ । अहिले माल्दिभ्सको राजदूत रहनु भएका सन्जय सुधिरलाई संयुक्त अबर इमिरेट्स (यूएई)का लागि राजदूतमा नियुक्त गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

    उनी भारतको विदेश मामिला सेवामा सन् १९९३ मा प्रवेश गरेका हुन् । उनलाई माल्दिभ्सका लागि भारतीय राजदूतका रूपमा सन् २०१९ मा नियुक्त गरिएको थियो ।

    त्यसैगरी स्पेनका लागि दिनेश के पटनायकलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार उनी सन् १९९० मा भारतको विदेश मामिला सेवामा प्रवेश गरेका हुन् । उनी अहिले भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को महानिर्देशक छन् ।

    मन्त्रालयले पवन कपुरलाई रुसका लागि राजदूत बनाइएको जनाएको छ । उनी पनि सन् १९९० मै विदेश मामिला सेवामा प्रवेश गरेको मन्त्रालयले जनाएको छ ।

    उनी यसअघि इजरायलका लागि राजदूत थिए भने किभी, लण्डन र जेनेभालगायतका ठाउँका लागि भारतीय मिसनमार्फत काम गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images