images
images
  • पार्टी एकताका लागि जसपाका नेतालाई माओवादी केन्द्रका नेताको अपिल, प्रचण्डले भने,’ पार्टी एकता गर्न ढिला नगरौं’

    काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग प्रस्ताव राखेका छन् । सर्लाहीमा शनिबार भएको कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्रराय यादवलाई छिटो पार्टी एकता गर्न दाहालले अपील गरेका हुन् ।

    ‘क्षेत्रीय पार्टीबाट मधेसी जनताको पनि मुक्ति हुन्न । पहाडीया जनताको पनि मुक्ति हुन्न । महासागर बनाऔं, गहिरिएर हेरौं । अलग-अलग पार्टी बनाउनै पर्दैन, दाहालले भने, ‘महेन्द्रजी, उपेन्द्रजी सबैलाई हार्दिकतापूर्वक भन्छु, ‘गठबन्धन त हामीले गरेकै छौं । अब एउटै पार्टी बनाऔं । सबाल सिद्धियो ।’

    दाहालले पार्टी एकता गरेमा जसपाका नेताहरुलाई सम्मान र अधिकार दिन कुनै कमी नहुने आश्वासन दिए । ‘तपाईंहरुलाई चाहिने सम्मान । चाहिने अधिकार दिन हामी कन्जुस्याइँ गर्ने छैनौं, दाहालले भने, ‘तपाईंहरु ढिला नगर्नुस् । हामी सबै पार्टी एकता गरौं ।’

    यादवद्वयले आफू र माओवादीलाई राम्रोसँग चिनेको दाबी गर्दै दाहालले जनकपुरमै एकता घोषणासभा राख्नसमेत अपिल गरे । ‘मलाई उपेन्द्रजी र महिन्द्रजीले राम्रो चिन्नु हुन्छ कस्तो मान्छे हो भनेर । हाम्रो पार्टी कस्तो हो भनेर ।  नडराइकन पार्टी एउटै बनाऔं । सिद्धियो, उनले थपे, ‘म जनकपुर आउँछु । जनकपुरमा घोषणा गरौं । एउटा राम्रो सन्देश जान्छ । अर्को चुनावमा मधेसमा लहर आउँछ । हामीले सरकार बनाउँछौं । टेन्सन लिन किन पर्‍यो ?’

    यसअघि मधेसी जनतालाई अन्य दलहरुले झुक्याइएको आरोप लगाउँदै दाहालले अब मधेसलाई माओवादीसँग जोड्न कुनै तागतले रोक्न नसक्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images