images
images
  • ललितपुरमा ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप

    ललितपुर । जाडो बढेसँगै ७४ वर्षमाथिका व्यक्तिलाई चिसोबाट जोगाउन महानगरभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ । ललितपुरका २९ वडामा चार दिन सो खोप लगाइने भएको छ ।

    आइतबारदेखि बुधबारसम्म पहिलो चरणको खोप दिइने भएको महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले जानकारी दिए । उनले भने, “यो खोप लगाउन इच्छुक व्यक्तिलाई उमेर खुल्ने परिचयपत्र साथमा लिएर दिउँसो ११ देखि ४ बजेसम्म आ–आफ्नो वडाको खोप केन्द्रमा आउन आग्रह गर्दछु ।” पहिलो दिन सो खोप सात वडा अर्थात् १ देखि ५ हुँदै २८ र २९ मा दिइने छ।

    यसैगरी सोमबार ललितपुरको आठवटा वडा अर्थात् ६ देखि १३ का ज्येष्ठ नागरिकलाई, मङ्गलबार सात वडा अर्थात् १४ देखि २० र अन्तिम दिन बुधबार सात वडा अर्थात् २१ देखि २७ का नागरिकलाई दिइने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images