images
images
  • आज बागमती मुख्यमन्त्री शाक्यकाे पद्काे छिनाेफानाे !

    हेटौंडा-अल्पमतमा रहेकी बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन् । अघि कात्तिक ४ गते बसेको प्रदेसभा बैठकमा मुख्यमन्त्री शाक्यले प्रस्तुत् गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव उपर छलफल भएको थियो । छलफलमा मुख्यमन्त्री शाक्यले सरकारले गरेको कामको फेहरिस्त प्रस्तुत गर्दै आफूलाई विश्वासको मत दिन आग्रही गरेकी थिइन् ।

    तर, विपक्षी गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति भएको बैठकमा नेकपा माओवादी (केन्द्र)का संसदीय दलका नेता शालिकराम जमरकट्टेलले जानकारी गराएका थिए ।मुख्यमन्त्री शाक्यले २४ असोजमा बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेकी थिइन् । २५ भदौमा नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपरेको हो ।

    नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार तथा वाग्मती प्रदेशसभा नियमावलीको धारा १४३ को १ अनुसार शाक्यले विश्वासको मत लिनुपर्ने बाध्यता छ ।आजको विश्वासको मतदानका लागि सत्तापक्ष र प्रतिपक्षका सांसद बस्ने छुट्टाछुट्टै कक्ष व्यवस्था गरिएको छ भने अधिकृतसहितका कर्मचारी खटाउने तयारी छ ।

    वाग्मती १०९ सदस्य रहेका छन् । जसमा मुख्यमन्त्री शाक्यलाई आफ्नो पद जोगाउन ५५ सांसद चाहिन्छ । दल विभाजन हुनुपूर्व नेकपा एमालेमा ५६ सांसद थिए । तर, दल विभाजन भएर नेकपा(एस) बनेपछि १३ सांसदले एमाले परित्याग गरेका छन् । मुख्यमन्त्रीसँग हाल ४३ जना मात्र सांसदको साथ छ ।यता, विपक्षी गठबन्धनतर्फ ५९ सांसद छन् । जसमा नेकपा माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ जना सांसद छन् ।

    मुख्यमन्त्री शाक्यलाई विवेकशील साझाका ३ तथा नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका २/२ जना सांसद मत दिए पनि पुग्दैन । विवेकशीलले मत नदिने भनेको छ भने अन्य दुई दल मौन छन् । मुख्यमन्त्री शाक्य भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images