images
images
  • सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा

    सुडानका प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको छ । सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार माध्यमहरुले जनाएका छन्। प्रधानमन्त्रीलाई सेनाले घरमै नजरबन्दमा राखेको विषयको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

    सेना र नागरिक समूहको गठबन्धनविरुद्ध गत महिना सेनाले असफल कु को असफल प्रयास गरेको थियो । अहिले राजधानी खार्तुमको टेलिफोन सेवा बन्द रहेकोले थप विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    पक्राउ अगाडि उनको घरमा सेनाले घेरा हालेको थियो । सेनाले प्रधानमन्त्रीका प्रेस सल्लाहकारलगायतका केही सरकारी अधिकारीलाई पक्राउ गरेपछि ह्यामडोकलाई नजरबन्दमा राखेको प्राप्त विवरणमा जनाइएको छ ।

    यसअघि पूर्व शासक ओमार अल बशिरको सत्ता ढलेपछि सुडानमा राजनीतिक अस्थिरता बढेको छ। सन् २०१९ मा महिनौँ लामो आन्दोलनपछि अल बशिरको सत्ता ढलेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images