images
images
  • कांग्रेसका मुख्यमन्त्री बिजुलीको तार जोड्न पोलमा चढेपछि …

    बिजुलीको तार जोड्ने काम सरकारी प्राविधिकले गर्छन् । तर कहिलेकाहीँ असामान्य अवस्था पनि देख्न/सुन्न पाइन्छ । भारतको पञ्जाबका मुख्यमन्त्री चरणजीतसिंह चन्नी बिजुलीको तार जोड्न आफैं पोलमा चढेका छन् । समयमै विद्युत् महशुल नतिरेको भन्दै विद्युत् विभागले लाइन काटिदिएको खबर सुनेका मुख्यमन्त्री चन्नीले आफैं आएर तार जोडेका हुन् ।

    पञ्जाब प्रदेश कांग्रेस सेवा दलको फेसबूक पेजमा शेयर गरिएको तस्वीरमा लेखिएको छ, ‘बिजुलीको बिल बक्यौता भएपछि विभागले एक किसान परिकारको लाइन काटिदिएको थियो । पञ्जाब सीएम चन्नी साहेबले आफ्नै हातले पुनः लाइन जोडिदिए ।’ मुख्यमन्त्री चन्नी भारतीय कांग्रेस पार्टीबाट मुख्यमन्त्री बनेका हुन् ।

    mukhya

    प्रतिक्रिया दिनुहोस्
    images
    images