साग टिपेको विवादमा पञ्चायतीले जरिवाना तोक्दा महिलाले गरिन् आत्महत्या

साग टिपेको विवादमा पञ्चायतीले जरिवाना तोक्दा महिलाले गरिन् आत्महत्या

विश्व खबर

@BishwoKhabar

२०७७ फाल्गुण १६ गते आईतबार ०१:१८

१५ फागुन, जनकपुरधाम । धनुषाको औरहीमा साग टिपेको विवादमा पञ्चायतीले जरिवाना तोक्दा एक महिलाले आत्महत्या गरेकी छन् । औरही नगरपालिका-२ का विनिता यादवसहितका तीनजना महिलालाई वडाध्यक्षकै अगुवाइमा बसेको पञ्चायतीले साग टिपेको विवादमा...

१५ फागुन, जनकपुरधाम । धनुषाको औरहीमा साग टिपेको विवादमा पञ्चायतीले जरिवाना तोक्दा एक महिलाले आत्महत्या गरेकी छन् । औरही नगरपालिका-२ का विनिता यादवसहितका तीनजना महिलालाई वडाध्यक्षकै अगुवाइमा बसेको पञ्चायतीले साग टिपेको विवादमा जरिवाना तोकेको थियो ।

तीमध्ये विनिताले जरिवाना तोकेको केही घण्टामै शुक्रबार आत्महत्या गरेकी हुन् । विनिता बिहीबार आफ्ना तीनजना साथीसहित घाँस काट्न नजिकैको खेतमा गएकी थिइन् । घाँस काट्न गएका बेला एक महिलाले आफूले उब्जाएको साग टिपेको भन्दै गालीगलौज गरेपछि उनीहरुबीच विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि त्यसलाई मिलाउन भन्दै वडाध्यक्ष अमित यादवको अगुवाइमा बसेको पञ्चायतीले विनितालाई ५ हजार रुपैयाँ जरिवाना सुनायो भने उनीसँगै गएका सुमित्रा देवी र बबितालाई २५ सयका दरले जरिवाना सुनाएको थियो ।

प्रकाशित मिति २०७७ फाल्गुण १६ गते आईतबार ०१:१८
प्रतिक्रिया दिनुहोस
  • ADBL

  • ncell

  • ninm

  • nic asia