images
images
  • रियल मड्रिडको सहज जित

    काठमाडौं ।

    स्ट्राइकर भिनिसियस जुनियरको दुई गोल प्रेरित स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगमा युक्रेनको शाख्तर डोनेश्कमाथि ५(० को एकतर्फी नतिजा हासिल गरेको छ ।

    मंगलबार राति समूह ‘डी’ को खेलमा सहज जित निकाल्ने क्रममा रियलको लागि भिनिसियसले दुई तथा रोडरिगो र करिम बेन्जेमाले एक एक गोल गरे । एक गोल भने रियलले उपहार पायो ।

    रियलले मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा सेर्गे क्रिभट्सोभको आत्मघाती गोलबाट अग्रता लियो । खेलको ५१औं मिनेटमा भिनिसियले पहिलो गोल गर्दा दोस्रो ५६ मिनेटमा सम्भव भयो । रोडरिगोले ६५ औं मिनेटमा रियलका लागि चौथो गोल गरे भने करिम बेन्जेमाले इन्जुरी समयमा गोल थप्दै रियालको जित थप फराकिलो पारे ।

    मंगलबारै भएको समूह डी को अर्को खेलमा इन्टर मिलानले घरेलु मैदानमा एफसी सेरिफमाथि ३(१ को जित हासिल गर्‍यो । हारका बावजुद पहिलो दुई खेलमा जित हासिल गरेको सेरिफ ६ अंकका साथ समूह ‘डी’को शीर्ष स्थानमा छ । समान ६ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ ।तीन खेलमा चार अंक जोडेको इन्टर तेस्रो स्थानमा रहँदा एक अंकमा सीमित शाख्तर पुछारमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images