images
images
  • सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरमा दुई भूकम्प

    काठमाडौं-सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर आज दिउँसो लगातार दुई पटक परकम्प गएको छ ।

    आज दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.६ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभइ गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

    यसअघि आइतबार बिहान गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ं.३ रेक्टर स्केलको परकम्प गएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images