images
images
  • हाइटीमा १७ जना क्रिस्चियन धर्मप्रचारक परे अपहरणमा

    हाइटीमा १७ जना अमेरिकी क्रिस्चियन धर्मप्रचारकहरूलाई आपराधिक समूहले शनिवार अपहरण गरेको छ । अपहरणमा पर्नेमा १४ वयस्क र तीन नाबालक छन् ।

    धर्मप्रचारकहरू क्रोआ देस बुकेट्स क्षेत्रमा रहेको एक अनाथालयको भ्रमणपछि गाडीमा टिटानयेनतर्फ गइरहेका थिए । उनीहरूलाई बाटैमा अपराधीहरूले अपहरण गरेका हुन् ।
    अमेरिकाको परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले अपहरणको खबर पाएको बताए ।

    सन् २०२१ मा हाइटीभरि अपहरणका घटनामा वृद्धि भएको छ । जुलाई महिनायता मात्र त्यसमा ३०० प्रतिशतको वृद्धि भएको छ । गत जनवरी महिनायतादेखि २९ विदेशीसहित ६२८ जना अपहरणमा परेको सेन्टर फर एनालाइसिस यान्ड रिसर्च इन ह्युमन राइट्स नामक संस्थाको तथ्यांकले देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images