images
images
  • मोतिपूर झडप अपडेटः घाइते मध्ये तीनको मृत्यु

    बुटवल- रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी घाइते भएका मध्ये तीन जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका तीनजनाको मृत्यु भएको हो । भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उक्त क्षेत्रमा तनावको स्थिति भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । औद्योगिक क्षेत्रको अवस्था तनावग्रस्त बनेपछि रुपन्देही प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आइतबार अपराह्न ४ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनामा बुटवल उप–महानगरपालिका बडा नम्बर १७ र १८ मा निर्माणाधीन मोतीपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाएकोमा स्थिति नियन्त्रणभन्दा बाहिर जाने साथै सर्वसाधारणको शान्ति सुरक्षाको लागि कर्फ्यु लगाएको उल्लेख छ ।

    प्रशासनले पूर्व तिनाउ नदी बुटवल उपमहानगरपालिका–१७ शिवनगरदेखि वडा नम्बर १८ सौरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खेतीयोग्य जमिन ९बुटवल उपमहानगरपालिका–१७० उत्तर–शिवनगरबस्ती बुटवल उपमहानगरपालिका–१७ सम्म, दक्षिण बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको अमिन ९धन्दापुर मौरहिया सम्म० लाई चार किल्ला तोकेको छ ।

    औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह, प्रहरी र स्थानीयबीच झडप भएको थियो । स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो । झडपमा परेर करिब ५० जना घाइतेको उपचार गरिएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । त्यसमध्ये करिब २५ जना प्रहरी रहेको अस्पतालको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images