images
images
  • दशैंमा खसी, बोका, भेडा, च्याङ्ग्रा किन्दै हुनुहुन्छ ? स्वस्थ्य खसी, बोका, भेडा, च्याङ्ग्रा कसरी चिन्ने ?

    काठमाडौं-हिन्दू धर्मावलम्बीहरुको महान पर्व दसैंले छपक्कै छोपिसक्यो । सहर बजारमा किनमेल गर्नेहरुको भिडभाड छ । दसैं रमाइलो बनाउने थुप्रै कुराहरु छन् । त्यसैमध्ये एक हो– खसी, बोका, भेडा, च्याङ्ग्रा । यो बेला मासुका लागि खसी, बोका, भेडा, च्याङ्ग्राको कारोबार राम्रो हुन्छ । तर, खसी, बोका, भेडा, च्याङ्ग्रा किन्ने बेला थोरै ध्यान नदिँदा पछुताउनु पर्ने हुन्छ । खसी, बोका, भेडा, च्याङ्ग्रा किन्दा ध्यान दिनुपर्ने कुरा यस्ता छन् ।

    – खसीबोका बेच्ने स्थान जस्तै–खाद्य संस्थानबाट खरिद गर्ने ।
    – खसी देख्ने बित्तिकै केही कुरामा शंका लागेमा नकिन्ने ।
    – जिउँदो खसी, बोका, च्यांग्रा खरिद गर्दा सरकारले भेटेरिनरी जाँच पास गरेको ठाउँबाट किन्नुपर्छ ।
    – त्यो सम्भव नभए खसी, बोका कत्तिको फुर्तिलो छ, छैन हेर्नुपर्छ ।
    – आँखा तेजिलो भए–नभएको हेर्नुका साथै आँखाबाट कचेरा आएको खसी बोका किन्नु हुँदैन ।
    – नाकबाट सिंगान बगेको खसी पनि किन्नु हुँदैन ।
    – कानबाट पिप बगेको छ, छैन हेर्नुपर्छ ।
    – खोकी लागे नलागेको हेर्नुपर्छ ।
    – खसी र बोकाको मुखमा र्यापल र अति सुख्खा लक्षण देखिएमा नकिनेकै राम्रो हुन्छ ।
    – पातलो दिसा गरेको छ कि छैन हेर्ने ।
    – शरीरमा किर्ना, उपियाँ भए नभएको हेर्नुपर्छ ।
    – दाना, घाँस पानी खान्छ कि खाँदैन विचार गर्नुपर्छ ।
    – शरीरमा चोटपटक लागेको हुनु हुँदैन ।
    – शरीरमा छाम्दा मासु पलाएको तथा रगत बगेको छ–छैन, हेर्नुपर्छ ।
    – रौं ठाडो हुनु हुँदैन, चम्किलो हुनुपर्छ ।
    – यसैगरी दसैंमा कुखुरा–हाँस आदि पनि खाने चलन छ ।
    – झोक्राएको कुखुरा तथा हाँस खरिद गर्नु हुँदैन ।
    – घ्यार–घ्यार गर्ने तथा रौं फुस्रो हुनु हुँदैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images