images
images
  • अमेरिकामा नेपाली गणितज्ञ तथा तथ्याङ्कशास्त्रीको कार्यशाला

    गणित तथा तथ्यांक विधामा भइरहेका विश्वव्यापी अध्ययन तथा अनुसन्धानका बारेमा अमेरिकामा रहेका अध्येता, अध्यापक र अनुसन्धाताबीच २१ दिने भर्चुअल कार्यशाला सम्पन्न भएको छ।

    नेपालमा गणित विषयको अध्ययन, अध्यापन र अनुसन्धानलाई अझै उपयोगी र गुणस्तरीय बनाउन आयोजना गरिएको कार्यशालामा नेपालका विश्वविद्यालय तथा सरकारी निकायमा कार्यरत ३५ जना तथ्यांकशास्त्रीसमेत सहभागी भएको कार्यशाला संयोजक डा. मिलन बिमलीले बताए।

    एसोसिएसन अफ नेप्लिज म्याथम्याटीसियन इन अमेरिकाले आयोजना गरेको कार्यशालामा त्रिभुवन विश्वविद्यालयका पूर्व डीन डा. रामप्रसाद खतिवडासहित प्रा.डा. विकास सत्याल, डा. गोकर्ण अर्याल, डा. भिखारी थारु, डा. केशव पोख्रेल, डा. राम काफ्ले र डा. मिलन बिमलीले प्रशिक्षण दिएका थिए।

    नेपालमा कार्यरत तथ्यांकशास्त्रीलाई आधुनिक प्रविधिसँग साक्षात्कार गराउने तथा नेपाल र नेपाल बाहिर रहेका तथ्यांकशास्त्री र गणितज्ञबीच सहकार्य विस्तार गर्न कार्यशाला सफल भएको एसोसिएसन अफ नेप्लिज म्याथम्याटीसियन इन अमेरिकाका अध्यक्ष डा. डा. केदार नेपालले बताए।

    गणित तथा तथ्याङ्क विधामा देखिएका समस्या तथा समाधानका विषयमा पनि छलफल भएको कार्यशाला संयोजक बिमलीले बताए। सन् २०१० मा स्थापना भएको एसोसिएसन अफ नेप्लिज म्याथम्याटीसियन इन अमेरिकाले स्थापनाकालदेखि नै गणितका कार्यशाला, गोष्ठी र कन्फेरेस गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images