images
images
  • फिलिपिन्स र रूसका दुई पत्रकारले पाए नोबेल शान्ति पुरस्कार

     

    फिलिपिन्स र रूसका दुई जना पत्रकारले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएका छन् । फिलिपिन्सका मारिया रेसा र रूसका डिमिट्री मुरातोभलाई ती मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि उनीहरूले गरेको साहसपूर्ण कामका लागि नोबेल पुरस्कार छनौट समितिले नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको बिबिसीले जनाएको छ।

    यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३२९ जनाको आवेदन परेको थियो। तीमध्ये जलवायु परिवर्तन अभियन्ता ग्रेटा थनबर्ग, रिपोर्टर्स विथवाउट बोर्डर्सलगायत थिए।

    कमिटीले कोरोनाभाइरसको महामारीका कारण यसवर्षका नोबेल विजेताहरूलाई सम्बन्धित देशहरूबाटै पुरस्कार प्रदान गर्ने योजना बनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images