जनकपुरधाम – दसैँको अवसरमा जनकपुरधामको शक्तिपीठ दुल्हीझैँ सिँगारिएको छ । दसैँको पहिलो दिन यहाँको सबै शक्तिपीठमा विभिन्न किसिमको रंगिचंगी बत्ती लगाएपछि मन्दिरहरू आकर्षणको केन्द्र बनेका छन् ।
राजा जनकको कुल देवताको रूपमा रहेको राजदेवी मन्दिर भने अहिले सबैको आकर्षणको केन्द्र बनेको छ । दसैँको पहिलो दिनदेखि नै यहाँ श्रद्धालु भक्तजनको भीड लागेको छ । जनकपुरधाममा रामानन्द चौक, मुर्ली चौक, भ्रमरपुरा चौक, पिडडीया माईस्थानलगायत स्थानमा दुर्गाको प्रतिमा स्थापना गरी रंगीचंगी बल्व, पण्डालको प्रयोग गरिएको छ .
दसैँमा हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखेर १५ सय प्रहरी परिचालन गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
उनले दसैँमा सुरक्षाका लागि प्रहरीको विभिन्न टोली खटाइएको बताए । यता, दसैँको पहिलो दिनदेखि नै ट्राफिक व्यवस्थापन लथालिंग देखिएको छ । सडकको छेउमा गाडी पार्किङ गरेपछि जाम बढेको छ ।


विश्व खबर 



















