images
images
  • बिर्तामोडको प्लाइ उद्योगमा लागेको आगो नियन्त्रणमा, करिब ७० लाख रुपैयाँ बराबरको क्षति

    झापा – झापाको बिर्तामोडमा रहेको प्लाइ उद्योगमा लागेको आगलागी केहीबेर अघि नियन्त्रणमा आएको छ।

    बिर्तामोड नगरपालिका वडा नम्बर २ मा रहेको नमस्ते प्लाइ उद्योगमा बिहीबार साँझ आगलागी भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए।

    आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको सम्पत्ति नोक्सान भएको उक्त उद्योगका सञ्चालक राजु जैनले बताए।

    बिर्तामोड नगरपालिकाको वारुण यन्त्र, उद्योगमा सञ्चित पानी, प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images