images
images
  • प्रधानसेनापति शर्माको छक्कै पर्ने सम्पत्ति विवरण !

    काठमाडौँ – भीआईपी भन्नेबित्तिकै आलिशान महल, लक्जरियर्स सवारी साधनलगायत वस्तु हाम्रो आँखामा नाच्न थाल्छन् । हुन पनि गरिब देशका भीआईपीहरूको जीवनशैली यहाँ निकै बिलासी र रवाफिलो छ । कालो सिसा भएको २र४ करोडको त गाडी नै चढ्छन् ।

    भर्खरै नेपाली सेनाको नेतृत्व लिएका प्रधानसेनापति प्रभुराम शर्माबारे पनि धेरै मानिसको बुझाइ यस्तै हुनसक्छ । तर उनी यस्ता मामलामा अरूभन्दा निकै पछाडि रहेको तथ्य पाइएको छ ।

    नेपाल राष्ट्रको एक लाख सेना हाँक्ने व्यक्तिसँग १र२ वटा निजी सवारी साधन हुनु त मामुली कुरा हो । यो स्थानमा आइपुगेका व्यक्तिलाई गाडी चढ्न खासै आइतबार पनि छैन । तर नव नियुक्त प्रधानसेनापति शर्मासँग एउटा निजी गाडीसमेत छैन । प्रधानसेनापति शर्माले हालै बुझाएको सम्पत्ति विवरणमा आफूसँग एउटा पनि निजी सवारी साधन नरहेको उल्लेख गरेका छन् ।

    काठमाडौंको नागार्जुन नगरपालिका–४, लाम्थुम्की स्थायी ठेगाना भएका शर्माको नाममा घर जग्गासमेत छैन । नागार्जुनमा १९०.७७ वर्ग मिटरमा २.५ ९साढे दुई तला०तल्लाको घर रहे पनि त्यो पैत्रिक सम्पत्ति प्रधानसेनापति शर्माकी आमा सुभद्रा पौडेलको नाममा रहेको छ ।

    नागर्जुनकै वडा नं. ४ र ६ मा जग्गा भए पनि अहिलेसम्म उनले त्यसलाई आफ्नो नाममा स्थानान्तरण समेत गरेका छैनन् । सैनिक सहचारी रहँदा आर्जित २० लाख रूपैयाँबाट ललितपुर महानगरपालिका–१५ मा २५४.३६८५ वर्गमिटर क्षेत्रफल जग्गा खरिद गरेका छन् । जुन उनकी धर्मपत्नी सुनिता शर्माको नाममा रहेको छ ।

    प्रधानसेनापतिको नाममा जग्गा जमिन नभए पनि बैंकमा बचत भने केही देखिएको छ । नबिल बैंक बानेश्वरमा ७ हजार अमेरिकी डलर, राष्ट्रिय वाणिज्य बैंकमा १६ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकमा प्रधानसेनापतिको ५ लाख मौज्दात छ ।

    शान्ति सेना, सैनिक सहचारी, सेनाकै विभिन्न तालिम र तलब भत्ताबाट यो रकम आर्जन गरेको सम्पत्ति विवरणमा उल्लेख छ । चलसम्पत्तिको विवरण उल्लेख भएको सुन–चाँदी सामान्य नागरिक सरह देखिन्छ । जसमा चाँदीका सामान २० तोला र सुनका गहना १३।५ तोला रहेको सम्पत्ति विवरणमा उल्लेख छ । ऋण र सवारी साधन शून्य रहेको उल्लेख छ ।

    प्रधानसेनापति शर्माको सम्पत्ति विवरणको ‘ग’, ‘घ’ र ‘ङ’ महल सबै खाली छ । कृषि, पशु धन पनि नरहेको देखिन्छ । सम्पत्ति विवरणको महल नम्बर तीन र चार समेत खाली रहेको । नेपाली सेनाका प्रायः सबै सिनियर, जुनियर अधिकृतहरुले शेयर बजारमा लगानी गरेको पाइनछ । तर, डिम्याट खाता समेत नखोलेर प्रधानसेनापति शर्मा सेयर मार्केटसँग पनि बेखबर रहेको देखिएको छ ।

    यसअघिका प्रधानसेनापतिको सेयर मार्केटमा लाखौं लगानी भए पनि प्रधानसेनापति शर्माको भने डिम्याट खाता खोल्न नै बाँकी रहेको देखिन्छ ।

    साघुँ साप्ताहिकमा खबर छ

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images